Ezekiel 21:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब हे मरणशील मानिस, अगमवाणी बोल्। ताली बजा अनि तरवारले बारम्बार प्रहार गर्नेछ। त्यो मार्ने र अत्याउने तरवार हो। त्यो संहार गर्ने हतियार हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण हे मानिसको छोरो, अगमवाणी भन्, ताली बजा। तरवारले दुई पल्ट, तीन पल्टसम्मै प्रहार गरोस्। यो तरवार ध्वंस गर्नका निम्ति हो— ठूलो ध्वंसको निम्ति, हरेक दिशाबाट त्यसले तिनीहरूलाई घेर्दैछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण हे मानिसको छोरा, अगमवाणी गर्! अनि दुवै हात ठटाएर ताली बजा। तरवारले दुई पल्ट प्रहार गरोस्, अझ तीन पल्टसम्म नै प्रहार गरोस्। यो काटमारको तरवार हो— तिनीहरूको चारैतिरबाट घेरा हालेर आइरहेको काटमारको एउटा ठूलो तरवार हो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरा! ताली बजाऊ अनि मेरो निम्ति मानिसहरूलाई यी कुराहरू भन, “तरवार दुइ पल्ट आवोस्, तीन पल्ट! यो तरवार मानिसहरू मार्नुका निम्ति हो। यो तरवार हो, ठूलो नर-संहारका निम्ति! यो तरवारले मानिसहरूलाई काट्नेछ!