Ezekiel 21:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले मेरा प्रजालाई हतास पार्नेछ, ठोकर खुवाउनेछ। तिनीहरूका सहरलाई म एउटा तरवारले तर्साउनेछु। त्यो तरवार बिजुलीझैँ चम्कन्छ र मार्न तयार छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताकि हृदयहरू गलिजाऊन्, र ढल्नेहरू धेरै होऊन्। तिनीहरूका सबै मूल ढोकाहरूमा रक्तपातको लागि मैले तरवार नियुक्त गरिदिएको छु। आओ! बिजुलीजस्तै चम्कनलाई त्यो बनाइएको छ, त्यो मार्नलाई समातिन्छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका हृदय डरले हताश होऊन्, र ढल्नेहरू धेरै जना होऊन्; मैले तिनीहरूका सबै मूलढोकाहरूमा काटमारको निम्ति तरवार नियुक्त गरेको छु। हेर्, बिजुलीजस्तै चम्कन तरवारलाई टल्काइएको छ! यसलाई काटमारको निम्ति समातिन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको हृदय डरले पग्लिनेछ, अनि धेरै मानिसहरू लड्नेछन्, धेरै ज्यादा मानिसहरू आफ्नो नगर-द्वारमा मर्नेछन्। तरवार बिजुलि जस्तै चम्कनेछ। यो मानिसहरू मार्नको निम्ति सान लगाएर टल्काइएको हो।