Ezekiel 21:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, दुई वटा सडकहरूको चित्र कोर्, जहाँबाट बेबिलोनको राजा तरवार लिएर आउनेछ। ती दुवै सडकहरू एउटै देशमा सुरु हुन्छन्। तिनका दोबाटोमा एउटा नाम लेख्ने खामो गाड्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, बेबिलोनका राजाको तरवार लिनलाई एउटै देशबाट आएका दोबाटो पहिल्या। सहरतिर जाने दोबाटोको मुखमा बाटो देखाउने एउटा मार्ग-दर्शक बना।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, बेबिलोनको राजाको तरवारले लिनुपर्ने दुई वटा बाटोहरूमा चिन्ह लगा, र दुवै चिन्हहरू एउटै देशबाट सुरु भएका होऊन्। एउटा चिन्ह लगाउने खम्बा बना, जहाँबाट बाटो छुट्टिएर सहरतिर जान्छ।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! दुइवटा बाटोको नक्शा बनाऊ त्यो बाबेलका राजाले तरवार इस्राएलमा ल्याउन छाने। दुवै बाटोहरू एउटै भूमिमा आउनु पर्छ। एउटा संकेत शहरको शुरूमा लगाउनु पर्छ।