Ezekiel 21:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब त्यसको दाहिने हातमा ‘यरूशलेम’ लेखिएको एउटा काँड पर्नेछ। त्यसले राजालाई त्यता जाने, पर्खाल भत्काउने मुढा तयार गर्ने, लडाइँको हुँकार लाउने, मूल-ढोकामा ती भत्काउने ठूल्ठूला मुढाहरू लगाउने, माटोको घेरा-मचान बनाउने र देवल लगाउने इशारा गर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भत्काउने मूढ़ा राख्नलाई, गला खोलेर ध्वंस गर्ने हुकुम दिनलाई, युद्ध-ध्वनिको पुकारा दिनलाई, मूल ढोका भत्काउने ठूला-ठूला मूढ़ाहरू लाउनलाई, घेरा-मचान खड़ा गर्नलाई त्यसको दाहिने हातमा यरूशलेमको चिट्ठा पर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको दायाँ हाततर्फ यरूशलेम आउनेछ, जहाँ त्यसले पर्खाल भत्काउने रूखका ठूला-ठूला मुढाहरू राख्नुपर्छ; काटमार गर्ने आदेश दिनुपर्छ र युद्ध-ध्वनिको आवाज सुनाउनुपर्छ। मूलढोकाहरूको विरुद्धमा भत्काउने रूखका मुढाहरू राख्नुपर्छ र घेरा-मचान खडा गर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“संकेतले उसलाई दाहिनेपट्टिको बाटोबाट यरूशलेम पुग्छ भन्ने बताउँदैछ! उसले आफूसँग ध्वंस गर्ने हतियार ल्याउने योजना बनाएको छ। उसले आदेश दिनेछ अनि उसको सैनिकले ज्यान मार्न शरू गर्नेछ। उसले युद्ध घोषणा गर्छ। त्यस समयमा उसले शहरको चारैतिर माटोको पर्खाल बनाउँनेछ। उसले पर्खाल सम्म पुग्ने एउटा माटोको बाटो बनाउँनेछ। उसले शहरमा आक्रमण गर्नका निम्ति काठको धरहराहरू बनाउँनेछ।