Ezekiel 21:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेमका बासिन्‍दाहरूले त्‍यो कुरो पत्‍याउनेछैनन् किनभने आपसमा तिनीहरूले सन्‍धि गरेका थिए। तर त्‍यो अगमवाणीले तिनीहरूलाई तिनीहरूका पापको सम्‍झना गराउँछ र तिनीहरू कैदमा पर्नेछन् भनी चेतावनी दिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
युद्धको निम्‍ति राजासित मित्रताको शपथ खानेहरूलाई त्‍यो झूटो जोखना हेरेजस्‍तो देखिनेछ, तर त्‍यसले तिनीहरूको दोषको सम्‍झना गराइदिनेछ, र तिनीहरूलाई कैद गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेमका मानिसहरूका निम्ति यो झूटो जोखनाजस्तो लाग्नेछ; किनकि तिनीहरूले राजासित मित्रताको शपथ खाएर सन्धि गरेका थिए; तर नबूकदनेसरले तिनीहरूलाई तिनीहरूका दोष देखाएर तिनीहरूलाई कैद गरेर लैजानेछ।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूको निम्ति त्यो जादूको चिन्हको केही अर्थ हुँदैन। तिनीहरूले त्यो वचनको पालन गर्छन जुन तिनीहरूलाई दिइएको छ। तर परमप्रभुले तिनीहरूको पाप याद राख्नु हुनेछ। अनि इस्राएलीहरू कैदी हुनेछन्।”