Ezekiel 21:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यही कुरा म सार्वभौम परमप्रभु भन्‍दछु कि तिमीहरूका पाप प्रकट भएका छन्। तिमीहरू कस्‍ता अपराधीहरू हौ, त्‍यो सबैले जान्‍दछन्। आफ्‍ना हरेक काममा तिमीहरू आफ्‍नो पाप देखाउँदछौ। तिमीहरू दोषी ठहराइएका छौ। यसकारण म तिमीहरूलाई तिमीहरूका शत्रुका हातमा दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूको खुलस्‍त बागीपनद्वारा तिमीहरूले आफ्‍नो दोष मलाई सम्‍झना गराएकाले, र तिमीहरूका पाप सबै काममा प्रकट गरेका हुनाले— तिमीहरूले यो गरेका हुनाले, तिमीहरू कैदमा पर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘तिमीहरूका खुल्‍ला विद्रोहद्वारा तिमीहरूका पापको स्मरण गराएका छौ, जसमा तिमीहरूले गरेका सबै कामहरूबाट तिमीहरूका सबै पापहरू प्रकट भएका छन्। तिमीहरूले यसो गरेको कारण, अथवा तिमीहरूको पापको कारण तिमीहरूका विरोधी शत्रुहरूद्वारा तिमीहरू कैदमा लगिनेछौ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “तिमीले तिमीहरूको कुकर्महरू स्मरणीय पारेकाछौ। तिम्रो पापहरू पुरै प्रकाशमा आएको छ। तिमीले मलाई तिमी दोषी थियो भन्ने याद गर्न बाध्य गरायौ। यसकारण शत्रुले तिमीलाई आफ्नो हातमा लिनेछ।