Ezekiel 21:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, अगमवाणी बोल्। म सार्वभौम परमप्रभुले के भन्दै छु, त्यो इस्राएललाई अपमान गर्ने अम्मोनीहरूलाई सुना: “नाश गर्नलाई एउटा तरवार तयारी छ, मार्नलाई त्यो टल्काइएको छ, त्यो बिजुलीझैँ चम्कँदछ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, तैंले चाहिँ अगमवाणी कहेर भन्, ‘अम्मोनीहरू र उनीहरूले गरेको निन्दाको विषयमा परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “‘एउटा तरवार, एउटा तरवार, मार्नलाई एउटा तरवार थुतिएको छ, बिजुलीजस्तै चम्कनलाई त्यो टल्काइएको छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अनि हे मानिसको छोरा, तँ अगमवाणी गरेर भन्, ‘अम्मोनीहरू र तिनीहरूका अपमानको बारेमा प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘एउटा तरवार, एउटा तरवार, काटमारको निम्ति निकालिएको छ; भस्म गर्नलाई र बिजुलीजस्तै चम्कन टल्काइएको छ!
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयो, “हे मानिसको छोरो, मेरो निम्ति मानिसहरूलाई भन, ‘परमप्रभु मेरो मालिकले यी कुराहरू अम्मोनका मानिसहरू अनि तिनीहरूको लज्जित देवतासँग भन्नुहुन्छ “‘ध्यान देऊ, एउटा तरवार! एउटा तरवार म्यानबाट बाहिर छ। तरवार टल्काइएको छ! तरवार मार्नको निम्ति तयार छ! बिजुली जस्तो चम्काउनका निम्ति यसलाई टल्काइएको थियो!