Ezekiel 21:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभु यसो भन्‍दछु कि इस्राएल देशलाई चेतावनी दे, म तेरो शत्रु भएको छु। म आफ्‍नो तरवार निकालेर तिमी धर्मी र दुष्‍ट सबैलाई मार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्‍यसलाई भन्‌: ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: म तेरो विरुद्धमा छु। म मेरो तरवार म्‍यानबाट थुतेर तेरा धर्मी र दुष्‍ट दुवैलाई तिमीहरूबाट बहिष्‍कार गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यसलाई भन्: ‘याहवेह यसो भन्‍नुहुन्छ: म तेरो विरुद्धमा छु। म म्यानबाट मेरो तरवार थुत्नेछु, र तेरा धर्मी र दुष्‍ट दुवैलाई नाश गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
इस्राएल देशलाई भन, ‘परमप्रभुले यी कुराहरू भन्नुभएको छ म तिमीहरूको विरूद्धमा छु! म आफ्नो तरवार म्यानबाट बाहिर निकाल्छु! तिमीहरूबाट दुवै राम्रो नराम्रो सबै मानिसहरू काटेर हटाउनेछु।