Ezekiel 21:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किन त्यसरी आवाज गरेको भनी कसैले सोध्यो भने तिनीहरूलाई भन्नू कि आउन लागेको समाचारको कारणले गर्दा त्यस्तो आवाज गरेको हुँ। त्यो समाचार आइपुग्दा तिनीहरूका हृदय डरले थरथर हुनेछन्, हात-खुट्टा लुला हुनेछन्, साहस हराउनेछ र घुँडाहरू लगलग काम्नेछन्। त्यो समय आइपुग्यो। त्यो समय यही हो।” सार्वभौम परमप्रभु बोल्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिनीहरूले तँलाई ‘तिमी किन सुस्केरा हाल्दैछौ?’ भनी सोधे भने, यस्तो जवाफ दे, ‘समाचार आइरहेको कारणले, हरेकको हृदय गलिजानेछ र हरेकको हात शिथिल हुनेछ, हरेकको आत्मा निरुत्साहित हुनेछ र हरेकको घुँड़ा पानीजस्तै कमजोर हुनेछ’। त्यो आउँदैछ! त्यो निश्चय नै पूरा हुनेछ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब तिनीहरूले तँलाई सोध्छन्, ‘तिमी किन सुस्केरा हाल्दैछौ?’ तब तिनीहरूलाई यसरी भन्, ‘आइरहेको खबरको कारणले सबैको हृदय डरले हताश हुनेछ, र हरेक हात कमजोर हुनेछ; हरेक आत्मा मूर्च्छा पर्नेछ र हरेक घुँडा अति कमजोर हुनेछन्। ’ हेर, यो कुरा आइरहेको छ! यो निश्चय नै हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूले तिमीलाई सोध्ने छन्, ‘तिमी किन दुखको आवाज निकालिरहेका छौ?’ त्यस बेला तिमीले भन्नुपर्छ, ‘किनभने कष्टदायक समाचार आउँदै छ। प्रत्येकको हृदय डरले पग्लिने छ। सबै हातहरू कमजोर हुनेछन्। हरेकको आत्मा कमजोर हुनेछ। हरेकको घुँडा पानी जस्तै हुनेछ।’ ध्यान देऊ त्यो नराम्रो समाचार आउँदै छ। यी घटनाहरू घट्नेछन्।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभएको हो।