Ezekiel 22:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूमध्‍ये कति जनाले घुस लिएर मानिसहरू मार्छन्, कति जना आफ्‍ना इस्राएली बन्‍धुहरूबाट ब्‍याज लिएर ऋण दिन्‍छन् र त्‍यसरी अनुचित लाभ उठाई आफैं धनी हुन्‍छन्। तिनीहरूले मलाई भुलिसकेका छन्,” सार्वभौम परमप्रभु यसो भन्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँमा नै मानिसहरूले हत्‍या गर्नलाई घूस लिन्‍छन्‌। तैंले ब्‍याजमा बढ़ी ब्‍याज लिन्‍छस्, आफ्‍नो छिमेकीलाई अन्‍याय गरेर जबरदस्‍ती गरी नाफा लिन्‍छस्‌। अनि तैंले मलाई बिर्सेको छस्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँभित्र तिनीहरूले घूस लिएर रक्तपात गर्छन्; तैँले खाँचोमा पर्नेहरूबाट वा गरिबहरूबाट ब्याज लिन्छस् र आफ्नो फाइदा गर्छस्। तैँले जबरजस्ती लिएर आफ्ना छिमेकीहरूबाट अन्यायपूर्वक फाइदा लिन्छस्। अनि तैँले मलाई पनि भुलेको छस्, प्रभु याहवेह भन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“‘यरूशलेममा तिमीहरूले, मानिसहरू मार्नको निम्ति पैसा लिन्छौ। तिमीहरूले ऋण दिन्छौ अनि त्यो ऋणको ब्याज लिन्छौ। तिनीहरू नाफा लिनकालागि आफ्ना छिमेकीहरूलाई दबाउँछौ। अनि तिमीहरूले मलाई बिर्सेकाछौ।’ परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।