Ezekiel 22:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जुन दिन म तिमीहरूको न्याय गरिसकूँला, त्यो दिन के तिमीहरूसित आफ्नो हातसम्म उठाउने बल वा साहस रहला भनी तिमीहरू सोच्छौ? म परमप्रभु बोलेको छु र म आफ्नो वचन पूरा गरिछोड्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन दिन म तँसित व्यवहार गरुँला के त्यस बेला तेरो साहस स्थिर रहला र? अथवा के तेरो हात दह्रिलो होला त? म परमप्रभुले यो भनेको छु, र यसै गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म तेरो न्याय गर्छु, के तेरो साहस स्थिर रहला? अथवा तेरा हातहरू दह्रिला रहलान्? म याहवेहले नै भनेको हुँ, र म यो गर्ने नै छु।
Nepali ERV (पवित्र बाइबल)
के त्यसपछि तिमी वीर बन्छौ? जति बेला म तिमीहरूलाई ढण्ड दिन आउँनेछु के तिमी प्रयाप्त बलियो भएका हुन्छौ? अहँ म परमप्रभु हुँ। मैले यो भनिदिएँ अनि म त्यति गर्छु जुन मैले गर्छु भनें!