Ezekiel 22:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस, इस्राएलीहरू मेरो निम्‍ति बेकामका भएका छन्। भट्टीमा चाँदी गालेपछि छोडिएका तामा, टिन, फलाम र सिसाका कसरझैँ तिनीहरू भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ए मानिसको छोरो, इस्राएलको घराना त मेरो दृष्टिमा थिग्रो भएको छ। तिनीहरू सबै भट्टीमा भएका तामा, जस्‍ता, फलाम र सीसाका थिग्रा भएका छन्‌।” तिनीहरू चाँदीका थिग्रा मात्र छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, इस्राएलका मानिसहरू मेरा निम्ति फोहोर भएका छन्; तिनीहरू सबै आगोको भट्टीभित्र छोडिएका तामा, टिन, फलाम र सीसाका खार हुन्। तिनीहरू चाँदीका काम नलाग्ने फोहोर मात्र हुन्।
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो, ताँवा, फलाम, जस्ता, अनि सीसा चाँदीको तुलनामा बेकार छ। कारीगरले चाँदीलाई शुद्ध पार्न आगोमा हाल्छ। चाँदी गल्छ अनि कारीगरले यसलाई मैलाबाट अलग पार्छ। इस्राएल देश बेकारको मैला जस्तो भएको छ।