Ezekiel 22:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्‍नुभयो, “ए मरणशील मानिस, के हत्‍याराहरूले भरिएका यो सहरको न्‍याय गर्न तँ तयार छस्? त्‍यसले गरेका घिनलाग्‍दा कुराहरू त्‍यसलाई प्रष्‍टसँग देखाइदे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, के तँ त्‍यसको न्‍याय गर्छस्‌? के तँ यस खूनी सहरको न्‍याय गर्छस्‌? त्‍यसो भए त्‍यसका सबै घृणित व्‍यवहारहरूसँग त्‍यसको सामना गर्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, के तैँले त्यसको न्याय गर्नेछस्? के तैँले रक्तपातको यो सहरलाई न्याय गर्नेछस्? तब त्यसका सबै घिनलाग्दा कामहरूसँग सामना गर्,
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरो! के तिमी न्याय गर्छौ? के तिमी हत्याराहरूको शहरसित न्याय गर्छौ? के तिमी तिनीहरूसित त्यो डरलाग्दो कुराहरूको विषयमा भन्छौ जुन तिनीहरूले गरे?