Ezekiel 22:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी खानीबाट निकालेका चाँदी, तामा, फलाम, सिसा र टिनका धातुहरू भट्टीमा हालिन्छन्। ती धातुहरूलाई आगोले गालेझैँ मेरो क्रोधले तिमीहरूलाई गाल्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आगो हुरुरुरु पारेर गलाउनलाई जसरी मानिसहरू चाँदी, तामा, फलाम, सीसा र जस्ता भट्टीमा जम्मा गर्दछन्, त्यसरी नै म पनि मेरो रीस र मेरो क्रोधमा तिमीहरूलाई जम्मा गर्नेछु, र तिमीहरूलाई त्यहाँ सहरभित्रै हालेर गाल्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी मानिसहरूले चाँदी, तामा, फलाम, सिसा र टिन भट्टीभित्र दन्केको ज्वालाले पगाल्नलाई बटुल्छन्; त्यसरी नै म तिमीहरूलाई मेरो रिस र मेरो क्रोधमा भेला गर्नेछु, र तिमीहरूलाई सहरभित्र हालेर पगाल्नेछु।
Nepali ERV (पवित्र बाइबल)
कारीगरले चाँदी, काँसा, फलाम, सीसा अनि जस्तालाई आगोमा हाल्छ। आगो एकदमै ठूलो बनाउँनको निम्ति फुकिन्छ। त्यसपछि यो धातुहरू सबै गल्न थाल्छ। यस्तै प्रकारले म तिमीलाई आफ्नो आगोमा हालेर पगाल्छु। त्यो मेरो आगो चाँहि क्रोध हो।