Ezekiel 22:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले मारेका पशुमाथि गर्जने सिंहझैँ इस्राएलका अगुवाहरू भएका छन्। तिनीहरूले मानिसहरू मार्छन्, सकेसम्‍म धन र सम्‍पत्ति बटुल्‍छन् अनि हत्‍या गरेर धेरै स्‍त्रीहरूलाई विधवा बनाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसमा भएका त्‍यसका राजकुमारहरू गजंर्दै शिकार फहराउने सिंहझैँ एउटा षड्‌यन्‍त्र रच्‍दैछन्‌। तिनीहरूले मानिसहरूलाई निल्‍छन्, तिनीहरूले धन-सम्‍पत्ति र बहुमूल्‍य पदार्थहरू लुट्‌छन्, र त्‍यसको बीचमा धेरैलाई विधवा बनाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसमा भएका अगमवक्ताहरूले गर्जने सिंहले आफ्नो शिकार च्यातेझैँ एउटा षड्यन्त्र रच्दछन्; तिनीहरूले मानिसहरूलाई निल्छन्, तिनीहरूले धनसम्पत्ति र बहुमूल्य चीजहरू लुट्छन् र सहरभित्र धेरैलाई विधवा बनाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेममा अगमवक्ताहरूले नराम्रो योजना बनाइरहेछ ऊ त्यो सिंह जस्तो भएको छ, जब त्यसले आफूले पक्रेको जनावर खान्छ त्यस समय गर्जन्छ। ती अगमवक्ताहरूले धेरै जीवनहरू नष्ट गरेका छन्। तिनीहरूले धेरै बहुमल्य चीहहरू राखेका छन्। तिनीहरूले यरूशलेममा धेरै स्त्रीहरूलाई बिधुवा बनाए।