Ezekiel 22:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीहरूले मेरा नियमहरू भङ्ग गर्छन् र पवित्र कुरालाई आदर गर्दैनन्। तिनीहरूले पवित्र र अपवित्र कुराहरूको भेदभाव राख्‍दैनन्। शुद्ध र अशुद्ध कुराको भिन्‍नता तिनीहरूले कसैलाई सिकाउँदैनन् र पवित्र विश्राम-दिन पालन गर्दैनन्। यसकारण इस्राएलका मानिसहरूले मलाई आदर गर्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका पूजाहारीहरूले मेरो व्‍यवस्‍था भङ्ग गर्छन्‌ र मेरो पवित्र चीजहरू अपवित्र पार्छन्‌। पवित्र र साधारण चीजको तिनीहरूलाई केही विचारै छैन, तिनीहरूले शुद्ध र अशुद्धको बीचमा केही भिन्‍नता छैन भनी सिकाएका छन्‌। तिनीहरूले मेरा शबाथहरू मान्‍नलाई आँखा चिम्‍म गरेका छन्, फलस्‍वरूप तिनीहरूका बीचमा म अपमानित हुन्‍छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका पुजारीहरूले मेरो व्यवस्था भङ्ग गर्छन्, र मेरो पवित्र चीजहरूलाई अपवित्र पार्छन्; तिनीहरूले पवित्र र साधारण थोकहरू पनि छुट्याउँदैनन्; तिनीहरूले शुद्ध र अशुद्धमा केही भिन्‍नता छैन भनी सिकाउँछन्; अनि तिनीहरू शब्बाथहरू पालन गर्नलाई तिनीहरूका आँखा चिम्‍लन्छन्; यसैले म इस्राएलीहरूको बीचमा अपवित्र पारिएको छु।
Nepali ERV (पवित्र बाइबल)
“पूजाहारीहरूले मेरो ब्यावस्था भङ्ग गरेका छन्। तिनीहरूले मेरो पवित्र चीजहरू अपवित्र बनाएका छन्। तिनीहरूले पवित्र र अपवित्र वस्तुहरूमा भेद राख्दैनन् अनि तिनीहरूले मानिसहरूलाई सफा र मैला बीचको भिन्नता सिकाउँदैनन्। तिनीहरूले मेरो विश्रामको दिनलाई सम्मान गर्न अस्वीकार गरे। म तिनीहरूको बिचमा अपमानित भएकोछु।