Ezekiel 22:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले एउटा भित्ता चुन पोतेर राम्रो पारेझैँ अगमवक्ताहरूले यी पापहरूलाई ढाकेका छन्। तिनीहरूले झूटा दर्शनहरू देख्छन् र झूटा अगमवाणी बोल्दछन्। हामीले सार्वभौम परमप्रभुका वचन भन्दै छौं भनी तिनीहरूले दाबी त गर्छन् तर म परमप्रभु तिनीहरूसित बोलेकै छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका अगमवक्ताहरूले असत्य दर्शन देखेर र झूटा जोखना हेरेर ती कुकर्महरूलाई चूनले पोतेझैँ छोप्छन्। परमप्रभुले केही भन्नु नहुँदा पनि ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ’ भनी तिनीहरू भन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहरका अगमवक्ताहरूले झूटा दर्शनहरू र झूटा जोखनाहरूद्वारा तिनीहरूका दुष्ट कामहरूमाथि सेतो चूना पोतिदिन्छन्। याहवेह तिनीहरूसित नबोल्नू भए तापनि ‘प्रभु याहवेह यसो भन्नुहुन्छ’ भनी तिनीहरू भन्छन्।
Nepali ERV (पवित्र बाइबल)
“अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिदैनथे तिनीहरूले सत्यलाई लुकाउँथे। तिनीहरू त्यो कारीगार जस्तै हुन जसले पर्खाल दृढ बनाउँदैन केवल दूलोमा लेप लगाइदिन्छ। तिनीहरूको ध्यान केवल झूटोमाथि हुन्छ। तिनीहरूले आफ्नो जादूको उपयोग भविष्य जान्नका निम्ति गर्छन्। तर तिनीहरू खाली झूटो बोल्छन्। तिनीहरू भन्छन्, ‘परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।’ तर तिनीहरू खाली झूटो बोलिरहेछन् परमप्रभुले तिनीहरूसँग बात गर्नुभएन।