Ezekiel 22:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देशका मानिसहरूले ठग्‍छन् र चोर्छन्। तिनीहरूले गरीब असहायहरूमाथि अत्‍याचार गर्छन् र परदेशीहरूबाट अनुचित फाइदा उठाई अन्‍याय गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
देशका मानिसहरूचाहिँ जबरजस्‍तीसँग लिने र चोरी गर्ने गर्छन्‌। तिनीहरूले गरीब र दरिद्रहरूमाथि थिचोमिचो गर्छन्, र न्‍यायलाई इन्‍कार गरेर विदेशीहरूसँग दुर्व्‍यवहार गर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
देशका मानिसहरूले जबरजस्ती खोसेर लुट्ने काम गर्छन्; तिनीहरूले गरिब र खाँचोमा परेकाहरूमाथि अत्याचार गर्छन्; अनि विदेशीहरूसित दुर्व्यवहार गर्छन् र तिनीहरूलाई न्याय दिन इन्कार गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
“सामन्य जनता एका-अर्कामा लाभ उठाउँछन्। तिनीहरू एका-अर्कालाई धोका दिन्छन अनि चोरी गर्छन। तिनीहरू गरीब अनि असहाय मानिसहरूसँग यस्तो व्यवहार गर्छन्। तिनीहरूले विदेशीहरूलाई पनि धोका दिन्छन्, मानौं तिनीहरूको विरूद्ध कुनै नियम छैन्।