Ezekiel 22:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सार्वभौम परमप्रभुले त्‍यस सहरलाई के भन्‍दै छु, त्‍यसलाई सुनाइदे। तैँले आफ्‍नै धेरै मानिसहरूको हत्‍या गरेको र मूर्तिहरूको पूजा गरी आफैंलाई अपवित्र गरेको हुनाले तेरो दिन आइपुग्‍दैछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘आफ्‍नै अन्‍त्‍यको समय ल्‍याउन, आफ्‍नै बीचमा रगत बगाउने र आफूलाई बिटुलो पार्नलाई मूर्तिहरू बनाउने तँ सहर!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र त्यसलाई भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे सहर तैँले आफ्नो बीचमा रक्तपात गरेर आफूमाथि सर्वनाश ल्याउँछस्, र मूर्तिहरू बनाएर आफूलाई अशुद्ध पार्छस्,
Nepali ERV (पवित्र बाइबल)
तिमीले भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ शहर हत्याराहरूले भरिएको छ। यसकारण यसको निम्ति दण्डको समय आइसकेको छ। त्यसले आफ्नो निम्ति अपवित्र मूर्तिहरू बनायौ अनि यी अपवित्र मूर्तिहरूले तिनीहरूलाई अपवित्र बनायो।