Ezekiel 22:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म तिनीहरूमाथि आफ्नो क्रोध पोखाउनेछु र तिनीहरूका कामको निम्ति तिनीहरूलाई आगोले झैँ भस्म पार्नेछु।” सार्वभौम परमप्रभु बोल्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसकारण तिनीहरूले गरेका सबै काम तिनीहरूकै थाप्लोमा ल्याएर मेरो जल्दो रीसले म तिनीहरूलाई भस्म पार्नेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म मेरो क्रोध तिनीहरूमाथि खन्याउनेछु; अनि तिनीहरूलाई मेरो रिसको आगोले भस्म पार्नेछु, र तिनीहरूले गरेका सबै कामहरूको दण्ड तिनीहरूकै शिरमाथि ल्याइदिनेछु, प्रभु याहवेह भन्नुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण म आफ्नो क्रोध प्रकट गर्छु, म तिनीहरूलाई पूर्ण रूपमा नष्ट गर्छु! अपवित्र कामको निम्ति म तिनीहरूलाई दण्ड दिन्छु। जुन तिनीहरूले गरे। यो सब तिनीहरूको दोष हो।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।