Ezekiel 22:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती हत्याहरूको दोष तैंमाथि छ र आफ्ना हातले बनाएका मूर्तिहरूद्वारा तँ अपवित्र भएको छस्। यसैकारण तेरो समय सकियो, तेरो दिन आइपुग्दैछ। यसैकारण म तँलाई जाति-जातिहरूको गिल्लाको पात्र बनाउनेछु र सबै देशहरूले तेरो हाँसो उडाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले बगाएको रगतको कारण तँ दोषी भएको छस्। तैंले बनाएका मूर्तिहरूद्वारा तँ बिटुलो भएको छस्। तैंले आफ्ना दिनहरूको अन्त्य गरेको छस्, र तेरा वर्षहरूको अन्त्य गरेको छस्। यसैकारण मैले तँलाई जाति-जातिहरूका बीचमा गिल्ला र सबै देशहरूमा ठट्टाको पात्र बनाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले रक्तपात गरेको कारण तँ दोषी भएको छस्; अनि तैँले मूर्तिहरू बनाएको कारण तँ अपवित्र भएको छस्। तैँले तेरा दिनहरूको अन्त्य नजिक ल्याएको छस्; अनि तेरा वर्षहरूको अन्त्य आइपुगेको छ। यसकारण जातिहरूका निम्ति म तँलाई गिल्लाको पात्र र सबै देशहरूका निम्ति हाँसोको पात्र बनाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
“‘यरूशलेमका मानिसहरू, तिमीहरूले धेरै मानिसहरू मार्यौ। तिमीहरूले अपवित्र मूर्तिहरू बनायौं। तिमीहरू दोषी छौ अनि तिमीहरूलाई दण्ड दिने समय आइसकेको छ। तिम्रो अन्त आइसकेको छ। अन्य राष्ट्रहरूले तिम्रो हाँसो उडाउनेछन्। ती देशहरू तिमीमाथि हाँस्नेछन्।