Ezekiel 22:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सहरमा आफ्‍ना आमा-बुबाको मान-मनितो गर्ने कोही पनि छैन। तिमीहरूले विदेशीहरूलाई अत्‍याचार गर्दछौ अनि विधवा र टुहुरा-टुहुरीबाट अनुचित फाइदा उठाउँदछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँमा नै तिनीहरूले माता-पितासँग निन्‍दाजनक व्‍यवहार गरेका छन्‌। तँमा नै तिनीहरूले विदेशीहरूमाथि अत्‍याचार गरेका छन्, र टुहुरा-टुहुरी र विधवाहरूलाई दुर्व्‍यवहार गरेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँभित्र तिनीहरूले आफ्ना बुबा र आमालाई घृणा गरेका छन्; विदेशीमाथि अत्याचार गरेका छन् र अनाथहरू र विधवाहरूलाई दुर्व्यवहार गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमका मानिसहरूले आफ्नो आमा बाबुको सम्मान गर्दैनन्। तिनीहरूले शहरहरूमा विदेशीहरूलाई सताउँछन तिनीहरूले टुहुरा-टुहुरी अनि विधुवाहरूलाई पनि त्यो स्थानमा ठग्छन्।