Ezekiel 22:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूमध्ये कतिले अरू मानिसहरू मार्न झूटो दोष लाउँछौ। कतिले मूर्तिलाई चढाएका प्रसाद खान्छन् र अरू कतिले आफ्ना कुइच्छाहरू सधैँ नै पूरा गरिरहन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रगत बगाउनलाई निन्दाजनक बदख्वाइँ गर्ने मानिसहरू तँमा तयार रहन्छन्। अनि यस्ता मानिसहरू पनि तँमा छन्, जसले डाँड़ाका थानहरूमा प्रसाद खान्छन् र कुकर्म गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँभित्र रक्तपात गर्न रुचाउने र निन्दा गर्ने मानिसहरू छन्; तँभित्र देवस्थानहरूका झूटा मूर्तिहरूलाई चढाइएका खानेहरू र कामुक काम गर्ने मानिसहरू छन्।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमका मानिसहरू अरू मानिसहरूको विषयमा झूटो बोल्छन्। यिनीहरूले यी निर्दोष मानिसहरूलाई मार्नका निम्ति गर्छन। मानिसहरू डाँडाहरूमाथि मूर्तिहरूलाई अपर्ण गरेका भोजहरू खान जान्छन् यरूशलेममा मानिसहरूले धेरै व्यभिचारी पापहरू गर्दैछन्।