Ezekiel 23:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए ओहोलिबा, म सार्वभौम परमप्रभु अब तँलाई यसो भन्‍दछु। तँ तेरा ती प्रेमीहरूसित वाक्‍क भइस् तर म तिनीहरूलाई तँमाथि रिस गर्न लाउनेछु र चारैतिरबाट तँलाई घेर्न लाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैकारण हे ओहोलिबा, परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तेरा प्रेमीहरूलाई, जसबाट तँ वाक्‍क भएकी थिईस्, उनीहरूलाई तेरो विरुद्धमा म उठाउनेछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण हे ओहोलीबा, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तेरा प्रेमीहरूलाई तेरो विरुद्धमा सुर्‍याउनेछु; तेरा प्रेमीहरू जसबाट तँ घृणाले अलग भइस्; म तिनीहरूलाई तेरो विरुद्धमा चारैतिरबाट ल्याउनेछु;
Nepali ERV (पवित्र बाइबल)
यसकारण ओहोलिबा, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘तिमीले आफ्नो प्रेमीहरूलाई घृणा गर्न थाल्यौ। तर म तिम्रो प्रेमीहरूलाई भन्छु कि तिनीहरूले तिमीलाई चारै तिरबाट घेर्नेछन्।