Ezekiel 23:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उत्तरबाट रथ र गाडाहरूसहित ठूलो सेना लिई तिनीहरूले तँमाथि हमला गर्नेछन्। हातमा ढाल र शिरमा फलामका टोपीसहित तिनीहरू आएर तँलाई घेर्नेछन्। म तँलाई तिनीहरूका हातमा सुम्‍पिदिनेछु र तिनीहरूले आफ्‍नै नियम-कानुनअनुसार तेरो न्‍याय गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू तेरो विरुद्धमा हतियारहरूसित उत्तरबाट रथहरू र गाड़ाहरू र मानिसहरूको भीड़का साथमा आउनेछन्‌। ठूला र साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्‍नेछन्‌। म तँलाई उनीहरूका हातमा दण्‍डको लागि सुम्‍पिदिनेछु, र उनीहरूले आफ्‍नो चलनअनुसार तँलाई दण्‍ड दिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू तेरो विरुद्धमा हतियारहरू, रथहरू, गाडाहरू र मानिसहरूको भीड लिएर आउनेछन्; तिनीहरू ठूला र साना ढालहरू र टोप लगाएर तेरो चारैतिर तेरो विरुद्धमा तिनीहरूका स्थान लिएर खडा हुनेछन्। म तँलाई दण्डको निम्ति तिनीहरूका हातमा सुम्पिदिनेछु; अनि तिनीहरूले तँलाई तिनीहरूकै नापअनुसारको दण्ड दिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको भीड तिम्रोमा आउने छ। तिनीहरू आफ्नो घोडामा अनि आफ्नो रथहरूमा आउनेछन्। तिनीहरू धेरै संख्यामा हुनेछन्। तिनीहरूसित भाला, तिनीहरूको ढाल अनि तिनीहरूको शिरमा सुरक्षा कवच हुनेछ। तिनीहरू तिम्रो चारै तिर जम्मा हुनेछन्। म तिनीहरूलाई बताउनेछु कि तिनीहरूले मसँग के गरे अनि तिनीहरूले आफ्नो तर्फबाट तिनीहरूलाई दण्ड दिनेछन्।