Ezekiel 23:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तँसित रिसाएको हुनाले तिनीहरूलाई तँसित रिसकै व्यवहार गर्न लाउनेछु। तिनीहरूले तेरा नाक र कान काट्नेछन् अनि तेरा छोरा-छोरीहरूलाई तरवारले मार्नेछन्। तेरा छोरा-छोरीहरू कैद गरेर लगिनेछन् र जिउँदै जलाइनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो डाहको रीस तँतिर फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्यवहार गर्नेछन्। उनीहरूले तेरा नाक र कान काट्नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्नेछन्। उनीहरूले तेरा छोराछोरीहरूलाई पक्रेर लानेछन्, र तेरा बाँचेकाहरू आगोले भस्म हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो डाहको रिस तेरो विरुद्धमा ल्याउनेछु; अनि तिनीहरूले तँसँग रिसको आगोमा व्यवहार गर्नेछन्। तिनीहरूले तेरा नाक र कान काटिदिनेछन्; अनि तेरा बाँकी छोडिएकाहरू तरवारद्वारा मर्नेछन्। तिनीहरूले तेरा छोराछोरीहरूलाई कब्जा गरेर लैजानेछन्; अनि तेरा बाँकी रहेकाहरू आगोले भस्म हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई मेरो इर्ष्या शक्ति तिमीहरूको विरूद्ध देखाउनेछु। तिनीहरू अत्यन्तै क्रोधित हुनेछन् अनि तिमीहरूलाई चोट पुर्याउनेछन्। तिनीहरूले तिम्रो नाक अनि कान काट्नेछन्। तिनीहरूले तिमीहरूलाई तरवारले मार्नेछन्। त्यसपछि तिनीहरूले तिम्रो नानीहरू लिएर जानेछन् अनि तिनीहरूले ती नानीहरू जलाई दिनेछन्।