Ezekiel 23:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले पनि तँलाई घृणा गर्छन्। यसकारण तेरा मिहेनतका सबै फल तिनीहरूले खोस्‍नेछन् र तँलाई वेश्‍याझैँ नाङ्गै छोडिराख्‍नेछन्। तेरा भ्रष्‍टता र वेश्‍यावृत्तिले
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले तँसित घृणापूर्वक व्‍यवहार गर्नेछन्, र तैंले काम गरेर पाएको हरेक कुराको फल लानेछन्‌। उनीहरूले तँलाई नाङ्गो भुतुङ्गो पारेर छोड्‌नेछन्, र तेरो वेश्‍यावृत्तिको लाज प्रकट हुनेछ। तेरो वेश्‍यावृत्तिले र भ्रष्‍टताले गर्दा,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तँसित घृणाको व्यवहार गर्नेछन् र तैँले जुन कुराको निम्ति मेहनत गरेकी थिइस्, त्यो सबै कुरा तिनीहरूले लैजानेछन्। तिनीहरूले तँलाई नाङ्गै छोड्नेछन्; अनि तेरो वेश्यावृत्तिको नाङ्गोपना प्रकट हुनेछ। तेरो कामुकता र वेश्यावृत्तिको कारणले गर्दा,
Nepali ERV (पवित्र बाइबल)
अनि तिनीहरूले देखाउँनेछन कि तिनीहरूले तिमीलाई कति घृणा गर्नेछ। तिनीहरूले तिम्रो प्रत्येक चीज लानेछन् जुन तिमीले कमाएकीछौ। तिनीहरूले तिमीलाई खाली हात र नाङ्गो छोडिदिन्छन्। मानिसहरूले तिम्रो पाप, वेश्यापना अनि लाज तिम्रो भक्तिहीन स्पष्ट देख्ने छन्।