Ezekiel 23:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रित्तो नभएसम्म तैँले पिउनेछस् र तैँले यो कचौरा टुक्रा-टुक्रा गरी फोर्नेछस् र आफ्नो छाती चिर्थोनेछस्। म, सार्वभौम परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रित्तो नभएसम्म तैंले त्यो पिउनेछस्, र तैंले त्यो कचौरा टुक्रा-टुक्रा गरी फोर्नेछस्, र तैंले आफ्नो स्तन चिथोर्नेछस्।” मैले नै यो कुरा बोलेको हुँ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले कचौराबाट रित्तो नभएसम्म पिउनेछेस्, र तैँले त्यो कचौरालाई टुक्रा-टुक्रा पार्नेछेस्; अनि आफ्ना स्तनहरू लुछ्नेछेस्। मैले भनेको हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीले त्यही कचौराबाट विष पिउनेछौ। तिमीले त्यसको अन्तिम थोपा सम्म पिउँनेछौ। तिमीले कचौरा फ्याँकेर त्यसलाई टुक्रा-टुक्रा बनाउनेछौ अनि तिमीले आफ्नो छाती जथा भावी पिट्नेछौ। यो हुनेछ किनकि म परमप्रभु अनि मालिक हुँ अनि मैले यी कुराहरू भनें।