Ezekiel 23:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई भन्‍नुभयो, “ए मरणशील मानिस, के तँ ओहोला र ओहोलिबाको न्‍याय गर्न तयार छस्? तिनीहरूका घिनलाग्‍दा कामको निम्‍ति तिनीहरूलाई दोषी ठहराइदे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मलाई भन्‍नुभयो, “हे मानिसको छोरो, के तँ ओहोला र ओहोलिबाको न्‍याय गरिदिन्‍छस्‌? त्‍यसो भए तिनीहरूले गरेका घृणित व्‍यवहारहरूसँग तिनीहरूको सामना गर्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, के तैँले ओहोला र ओहोलीबाको न्याय गर्नेछस्? त्यसकारण तिनीहरूले गरेका तिनीहरूका घिनलाग्दा कामहरू बताइदे;
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिकले मलाई भन्नुभयो, “हे मानिसको छोरो, के तिमी ओहोला अनि ओहोलिबाको न्याय गर्छौ? तब तिनीहरूलाई ती भयंकर कुराहरू भन जुन तिनीहरूले गरेका छन्।