Ezekiel 23:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा छोरा-छोरीहरूलाई भोग चढाएर हत्या गरेकै दिन तिनीहरू मेरो मन्दिरमा आए र त्यसलाई बिटुलो पारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन दिन तिनीहरूले आफ्ना छोराछोरीहरूलाई तिनीहरूका मूर्तिहरूका निम्ति बलि चढ़ाए, त्यही दिन तिनीहरू मेरो पवित्रस्थानभित्र पसे र त्यसलाई अपवित्र पारे। तिनीहरूले मेरो भवनमा यस्तै काम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना सन्तानलाई तिनीहरूका मूर्तिहरूका निम्ति बलिदान गरे; त्यही दिनमा मेरो पवित्रस्थानभित्र पसेर तिनीहरूले त्यसलाई अशुद्ध पारेका छन्। तिनीहरूले मेरो भवनभित्र यसो गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मूर्तिको लागि आफ्नो नानीहरूलाई मारे अनि मेरो पवित्र स्थानमा गए अनि त्यसलाई अपवित्र बनाए। तिनीहरूले यो मेरो मन्दिरभित्र यस्तो गरे।