Ezekiel 23:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिदीको नाम ओहोला थियो। ओहोलाले सामरिया बुझाउँछ। बहिनीको नाम ओहोलिबा थियो। ओहोलिबाले यरूशलेम बुझाउँछ। ती दुवैलाई मैले बिहे गरें र तिनीहरूबाट मेरा छोरा-छोरी जन्‍मे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमा दिदीचाहिँको नाउँ ओहोला र बहिनीको नाउँ ओहोलिबा थियो। तिनीहरू मेरा थिए, र तिनीहरूले छोराछोरीहरू जन्‍माए। ओहोलाचाहिँ सामरिया र ओहोलिबाचाहिँ यरूशलेम हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जेठीको नाम ओहोला राखिएको थियो, र त्यसकी बहिनीको नाम ओहोलीबा थियो। तिनीहरू मेरा थिए र तिनीहरूले छोराछोरीहरू जन्माए। ओहोला सामरिया र ओहोलीबा यरूशलेम हो।
Nepali ERV (पवित्र बाइबल)
ठूली दिदीको नाम ओहोला थियो अनि उसको बहिनीको नाम ओहोलिबा थियो। तिनीहरू मेरो पत्नीहरू भए अनि हामीहरूका छोरा-छोरीहरू भए। (ओहोला चाहिँ सामरिया हो अनि ओहोलिबा चाहिँ यरूशलेम हो।)