Ezekiel 23:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरुभूमिबाट ल्‍याएका एक हुल लापरवाही मानिसहरूको सोर सुनिन्‍थ्‍यो। तिनीहरूले ती स्‍त्रीहरूका पाखुरामा चुरा र शिरमा शिर-बन्‍दी लाइदिन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“विलासीहरूका भीड़को हल्‍ला त्‍यसको चारैतिर थियो। यी साधारण श्रेणीका मानिसहरूबाहेक मरुभूमिबाट ल्‍याएका मतवाला मानिसहरू थिए। उनीहरूले त्‍यसकी र त्‍यसकी दिदीको हातमा चुरा र टाउकामा सुन्‍दर-सुन्‍दर मुकुट लगाइदिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस टेबुलको चारैतिर मोजमस्ती गर्ने मानिसहरूको भीड थियो; मतवाला मानिसहरूसित अरू धेरै साधारण मानिसहरू पनि मरुभूमिबाट ल्याइएका थिए; अनि तिनीहरूले त्यस स्त्रीको र त्यसकी बहिनीका पाखुरामा बालाहरू र तिनीहरूका शिरमा सुन्दर-सुन्दर मुकुटहरू लगाइदिए।
Nepali ERV (पवित्र बाइबल)
“यरूशलेममा यस्तो आवाज सुनियो जुन मानिसहरूले भोज मनाइरहे जस्तो लाग्थ्यो। तिनीहरू मध्ये यरूशलेमबाट आउनेहरू पहिले नै मातेका थिए। तिनीहरू मरूभूमिबाट आए अनि स्त्रीहरूलाई चुरा अनि राम्रो राम्रो शिरवन्दीहरू दिए।