Ezekiel 23:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मी मानिसहरूले तिनीहरूलाई व्‍यभिचार र हत्‍याको दोष लगाई दण्‍ड दिनेछन् कारण तिनीहरूले व्‍यभिचार गर्छन् र तिनीहरूका हातमा हत्‍याको रगत लागेको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर धार्मिक मानिसहरूले चाहिँ तिनीहरूलाई व्‍यभिचारिणी र हत्‍या गर्ने स्‍त्री भनी न्‍यायको दण्‍ड सुनाउनेछन्, किनभने तिनीहरू व्‍यभिचारिणी हुन्‌ र तिनीहरूका हातमा हत्‍याको रगत छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर धर्मी न्यायकर्ताहरूले तिनीहरूलाई व्यभिचारी र रक्तपात गर्ने स्त्रीहरूले पाउने दण्ड दिनेछन्; किनकि तिनीहरू व्यभिचारिणी स्त्रीहरू हुन् र रगत तिनीहरूका हातमा छ।
Nepali ERV (पवित्र बाइबल)
“तर धार्मिक मानिसहरूले तिनीहरूको न्याय अपराधी भनी गर्नेछन्। ती स्त्रीहरूलाई तिनीहरूले अपवित्र अनि व्यभिचारिणीहरू भनी न्याय गर्नेछन्। किन? किनकि ओहोला अनि ओहोलिबाले व्यभिचार पाप गरेकाछन् अनि तिनीहरूले जुन स्त्रीहरूको हत्या गरका थिए तिनीहरूको रगतले तिनीहरूको हातहरू कलंकित छन्।”