Ezekiel 23:48 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुई दिदी-बहिनीहरूले झैँ व्यभिचार नगर्नू भनी हरेक स्त्रीको निम्ति एउटा चेतावनी दिनलाई म सारा देशमा व्यभिचार बन्द गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसरी म देशमा कामवासना खतम गर्नेछु, र तेरो नकल नगरून् भनी सबै स्त्रीहरूको निम्ति यो चेताउनी हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसरी म देशमा भएको कामुकताको अन्त्य गरिदिनेछु, र तेरो कामुकताको अनुकरण नगर्नू भन्ने चेतावनी सबै स्त्रीहरूले पाऊन्।
Nepali ERV (पवित्र बाइबल)
यस्तो प्रकारले म यो देशको दुष्टतालाई अन्त गरिदिनेछु, अनि सबै स्त्रीहरूलाई चेताउनी दिनेछु कि तिनीहरूले अब यस्तो लज्जित काम नगरून् जुन तिमीहरूले गर्यौ।