Ezekiel 24:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब रित्तो काँसाको भाँडो आगोमाथि राख र त्‍यसलाई तातिएर रातो हुन देऊ। तब त्‍यसको खिया जलेर जानेछ र त्‍यो भाँडो फेरि शुद्ध हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि भाँड़ो खाली गरेर आगोमाथि राख्, र त्‍यो गरम होस्, र त्‍यसको तामा चम्‍कोस्‌। र त्‍यस भित्रको मैला गलिजाओस्, र त्‍यसको थिग्रो डढ़ेर जाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब रित्तो भाँडालाई नतात्तिएसम्म र त्यसको तामा तात्तिएर रातो नहोउन्जेल कोइलामाथि राख्, ताकि यसका अशुद्ध कुराहरू पग्लिजाऊन्, र त्यसका थिग्राहरू जलिजाऊन्।
Nepali ERV (पवित्र बाइबल)
तब भाँडालाई खाली कोईलामा छोडीदेऊ। यसलाई यति तातो हुनु देऊ कि यसको दाग पनि डडोस्। त्यहाँबाट अपवित्रता पूरै जाओस् अनि खिया नाश होस्।