Ezekiel 24:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सार्वभौम परमप्रभु बोलेको छु। मैले काम गर्ने समय आयो। म तेरा पापहरू नदेखेझैँ गर्नेछैनँ। म तँलाई दया देखाउनेछैनँ, कृपा गर्नेछैनँ। तेरो कामको लागि तैँले दण्‍ड पाउनेछस्।” सार्वभौम परमप्रभु बोल्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘म परमप्रभुले यो कुरा बोलेको हुँ। मैले काम गर्ने समय आएको छ। म पछि हट्‌नेछैनँ। म दया देखाउनेछैनँ। न त म पछितो गर्नेछु। तेरै चालचलन र तेरै कामअनुसार म तेरो न्‍याय गर्नेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘म याहवेहले नै भनेको हुँ। मेरा निम्ति काम गर्ने समय आएको छ। म पछि हट्नेछैनँ; म दया देखाउनेछैनँ, न त म पछुताउनेछु। तेरो चाल र कामहरूअनुसार तेरो न्याय हुनेछ, प्रभु याहवेह भन्‍नुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
म परमप्रभु हुँ। मैले भनें, तिमीले दण्ड पाउनेछौ, अनि म यो गराउँछु। म दण्ड रोक्ने छैन। म तिम्रो निम्ति दुखीत हुने छैन। म तिमीलाई अपवित्र कामहरूको निम्ति दण्ड दिन्छु, जो तिमीले गर्यौ।’ परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।”