Ezekiel 24:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले सुँक्‍क-सुँक्‍क गरी रोएको पनि कसैले नसुनोस्। तैँले शोक गरेको देखाउन कपाल नखौरी र खाली खुट्टा नहिंड्। तेरो अनुहार नछोप् र शोक गर्नेहरूले खाने भोजन तैँले नखा।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चूपचाप बसेर सुस्‍केरा हाल्‌। मृतकको निम्‍ति शोक नगर्‌। टाउकोमा फेटा र खुट्टामा जुत्ता लगा। तेरो मुख नछोप्‌। मलामीहरूको खाने कुरा नखा।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चुपचाप सुस्केरा हाल्; मृतकको निम्ति शोक नगर्। तेरो फेटा बाँधिराख् र तेरा खुट्टामा जुत्ता लगाइराख्; तेरो दाह्री वा जुङ्गालाई नछोप्, न त रीतिअनुसार शोक गर्नेहरूको भोजन खा।”
Nepali ERV (पवित्र बाइबल)
तर तिमीले आफ्नो शोकमा सुस्केरा हाल। आफ्नो मृतक पत्नीका निम्ति नरोऊ। तिमीले सधैं जस्तै साधारण लुगा लगाऊ। आफ्नो फेटा र जुत्ता लगाऊ। आफ्नो शोक प्रकट गर्न जुगाँ नछोप अनि एउटा मानिस मर्दा मानिसहरूले खाने भोजन नखाऊ।”