Ezekiel 24:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र ‘तिमीले इस्राएलीहरूलाई यो सन्‍देश देऊ भन्‍नुभयो। तिमीहरू मन्‍दिरको शक्तिमा घमण्‍ड गर्दछौ। तिमीहरू त्‍यसलाई हेर्न र त्‍यहाँ जान अति मन पराउँछौ तर परमप्रभुले त्‍यसलाई अपवित्र पार्नुहुनेछ। यरूशलेममा छोडिएका तिम्रा परिवारका जवान छोरा-छोरीहरू लडाइँमा मारिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलको घरानालाई भन्‌: “परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म मेरो पवित्रस्‍थान, त्‍यो किल्‍ला, जसमा तिमीहरू गर्व गर्दछौ, तिमीहरूका आँखाको प्‍यारो, तिमीहरूका प्रेमको पात्रलाई अपवित्र तुल्‍याउन लागेको छु। अनि तिमीहरूले छोड़िराखेका तिमीहरूका छोराछोरीहरू तरवारले मारिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म मेरो पवित्रस्थान—जुन किल्‍लामा तिमीहरू घमण्ड गर्छौ, तिमीहरूका आँखाका खुशी, तिमीहरूले धेरै प्रेम गर्ने स्थानलाई अपवित्र पार्न लागेको छु। तिमीहरूले छोडेका छोराछोरीहरू तरवारद्वारा मारिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलको घरानालाई भन्नु, परमप्रभु मेरो मालिकले भन्नुभयो, ‘हेर, म मेरो स्थानलाई नष्ट गर्नेछु। तिमीहरूलाई त्यसको घमण्ड छ अनि तिमीहरूले यसको विषयमा प्रशंसाको गीत गाउँछौ। तिमीले त्यो स्थान हेर्न मन पराउँनेछौ। तिमी साँच्चै त्यो ठाँउलाई प्रेम गर्छौ। तर म त्यो ठाँउ नष्ट पार्नेछु अनि तिमीले त्यागेका नानीहरू मारिनेछन्।