Ezekiel 24:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “अब ए मरणशील मानिस, म तिनीहरूबाट त्यो शक्तिशाली मन्दिर, जसमा तिनीहरू घमण्ड गर्थे र आनन्द मनाउँथे, जसको दर्शन गर्न जान मन पराउँथे, त्यो खोस्नेछु र तिनीहरूका छोरा-छोरीहरू पनि लैजानेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, त्यस दिन जब म तिनीहरूबाट तिनीहरूको किल्ला, तिनीहरूको आनन्द र गौरव, तिनीहरूका आँखाको अति प्रिय कुरा, तिनीहरूका हृदयको इच्छा र तिनीहरूका छोराछोरीहरू पनि लानेछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अनि हे मानिसको छोरा, मैले तिनीहरूको किल्ला, तिनीहरूको आनन्द र गौरव, तिनीहरूका आँखाको खुशी, तिनीहरूको हृदयले चाहना गर्ने स्थान र तिनीहरूका छोराछोरीहरू पनि लगेको दिन;
Nepali ERV (पवित्र बाइबल)
“हे मानिसको छोरा! म त्यो सुरक्षित भूमि यरूशलेम मानिसहरूबाट लिनेछु। त्यो सुन्दर भूमिले तिनीहरूलाई आनन्दित पारिरहेछ। तिनीहरूले त्यो स्थान हेर्न मन पराउँछन्। तिनीहरूले साँच्चै त्यो स्थानलाई प्रेम गर्छन्। तर त्यस समय म शहर अनि तिनीहरूको नानीहरू तिनीहरूबाट लिन्छु।