Ezekiel 24:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभु यसो भन्‍दै हुनुहुन्‍छ, “हत्‍याराहरूको यो सहर विनाश भएर जानेछ। यो कहिल्‍यै नमाझेको एउटा खिया लागेको भाँडोजस्‍तो छ। एक-एक टुक्रा गरी मासु निकालिनेछ, एक टुक्रा पनि भाँडोमा छोडिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “‘यस खूनी सहरलाई धिक्‍कार! त्‍यो थिग्रो लागेको भाँड़ालाई, जसको थिग्रो त्‍यसबाट गएको छैन! तिनमा चिट्ठा नहाली टुक्रा-टुक्रा गरी त्‍यसलाई रित्तो पार्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “ ‘रक्तपातको यस सहरलाई धिक्‍कार, खिया लागिसकेको त्यो भाँडो, जसको थिग्रो त्यसबाट निस्कँदैन! भाँडाबाट जस्तो आउँछ, त्यस्तै मासुका टुक्रा-टुक्रा गरेर निकाल्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ ‘यो यरूशलेमको निम्ति नराम्रो हुन्छ। यो हत्याराहरूले भरिएको शहरका निम्ति नराम्रो हुन्छ। यरूशलेम त्यो भाँडा जस्तै हो जसमा खियाको दाग छ अनि त्यो खियाको दाग जब सम्म हट्दैन त्यो भाँडा शुद्ध हुँदैन् यसकारण मासुको प्रत्येक टुक्रा भाँडाबाट बाहिर निकाल! त्यो मासु नखाँऊ। पूजाहारीलाई त्यो बेकामको मासुबाट एउटा टुक्रा पनि छान्न नदेऊ!