Ezekiel 25:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब म घोषणा गर्दछु कि म एदोमलाई दण्‍ड दिनेछु र त्‍यहाँ भएका सबै मानिसहरू र जन्‍तुहरूलाई मार्नेछु। म त्‍यस देशलाई तेमानदेखि ददानसम्‍म ध्‍वस्‍त गर्नेछु। मानिसहरू लडाइँमा मर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म मेरो हात एदोमको विरुद्धमा उठाउनेछु, र त्‍यसका मानिसहरू र पशुहरूलाई मार्नेछु। म त्‍यसलाई उजाड़ पार्नेछु, र तेमानदेखि ददानसम्‍मै तिनीहरू तरवारले ढल्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म एदोमको विरुद्धमा मेरो हात उठाउनेछु; अनि त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू दुवैलाई मारिदिनेछु। म त्यसलाई ध्वस्त पारिदिनेछु, र तेमानदेखि ददानसम्म तिनीहरू तरवारद्वारा मारिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “म एदोमलाई दण्ड दिन्छु। म एदोमको मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु। म एदोमको पूरै देश तेमानदेखि दान सम्म नष्ट पार्छु। एदोमीहरू युद्धमा मारिनेछन्।