Ezekiel 25:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो प्रजा इस्राएलले मेरो निम्‍ति एदोमसित साटो फेर्नेछ र मेरो प्रचण्‍ड क्रोध त्‍यसलाई थाहा गराउनेछ। मेरो साटो फेराइ कस्‍तो हुँदोरहेछ भनी एदोमले जान्‍नेछ।” सार्वभौम परमप्रभु बोल्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो प्रजा इस्राएलकै हातद्वारा एदोमलाई बदला लिनेछु, र यिनीहरूले मेरो रीस र मेरो क्रोधअनुसार एदोममाथि व्‍यवहार गर्नेछन्‌। तब तिनीहरूले मेरो बदला कस्‍तो रहेछ भनी जान्‍नेछन्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरो प्रजा इस्राएलका हातद्वारा एदोमसँग बदला लिनेछु; अनि तिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोमसित व्यवहार गर्नेछन्; तब तिनीहरूले मेरो बदला जान्‍नेछन्, प्रभु याहवेह भन्‍नुहुन्छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
म आफ्ना मानिसहरू, इस्राएल एदोमको विरूद्ध उपयोग गर्छु। यस्तो प्रकारले इस्राएलका मानिसहरूले मेरा क्रोधलाई एदोमको विरूद्ध व्यवहार गर्छन्। त्यसपछि एदोमका मानिसहरूले बुझ्नेछन् मैले तिनीहरूलाई दण्ड दिएँ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।