Ezekiel 25:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सार्वभौम परमप्रभुले भन्‍नुभयो, “पलिश्‍तीहरूले आफ्‍ना प्राचीन कालदेखिका शत्रुहरूमाथि निष्‍ठुरी भएर बदला लिए र तिनीहरूलाई द्वेषले भरिएको हृदयले संहार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘पलिश्‍तीहरूले बदला लिने काम गरे, आफ्‍ना हृदयमा ईर्ष्‍या राखेर बदला लिए, र पुरानो दुश्‍मनी लिएर यहूदालाई सर्वनाश गर्न खोजे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘किनकि पलिश्तीहरूले बदला लिने काम गरे, र आफ्ना हृदयमा ईर्ष्या लिएर बदला लिए; अनि पुरानो दुश्मनी लिएर यहूदालाई सर्वनाश पार्न खोजे।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “पलिश्तीहरूले पनि तिनीहरूसित बद्ला लिने प्रयत्न गरे। तिनीहरू ज्यादै निर्दयी थिए। तिनीहरूले घृणा र अवहेलना वाहेक अरू केही देखाउँदैनन्।”