Ezekiel 25:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म यो घोषणा गर्दछु कि मैले पलिश्‍तीहरूमाथि आक्रमण गर्नेछु र ती करेतीहरूको नाम-निशान मेटिदिनेछु। बाँकी रहेका हरेक व्‍यक्तिलाई पलिश्‍तीका मैदानमा म नाश गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ: म पलिश्‍तीहरूका विरुद्धमा आफ्‍नो हात उठाउन लागेको छु, र करेतीहरूलाई म खतम पार्नेछु, र समुद्र-किनारमा बस्‍ने बाँकी रहेकाहरूलाई सर्वनाश गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले मेरो हात पलिश्तीहरूको विरुद्धमा उठाउन लागेको छु; अनि म करेतीहरूलाई र किनारतिर बस्‍ने अरू बाँकी रहेका जातिहरूलाई पनि सर्वनाश गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म पलिश्तीहरूलाई दण्ड दिन्छु। हो म करेतीहरूबाट तिनीहरूलाई नष्ट पार्छु। म समुद्रको किनारमा बस्ने ती सबै मानिसहरूलाई सम्पूर्ण रूपमा नष्ट पार्छु।