Ezekiel 25:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूलाई कठोर दण्ड दिनेछु र पूरा साटो फेर्नेछु। तिनीहरूले मेरो क्रोध थाहा पाउनेछन्। तब तिनीहरूले जान्नेछन् कि परमप्रभु म नै हुँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिनीहरूलाई मेरो क्रोधमा दण्ड दिँदै ठूलो बदला चुकाउनेछु। जब म तिनीहरूसित मेरो बदला लिनेछु, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूमाथि मेरो भयङ्कर बदला लिनेछु, र मेरो क्रोधमा तिनीहरूलाई दण्ड दिनेछु। जब म तिनीहरूमाथि बदला लिनेछु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
म तिनीहरूलाई दण्ड दिन्छु। म तिनीहरूसँग बद्ला लिन्छु। म आफ्नो क्रोध द्वारा तिनीहरूलाई एउटा पाठ सिकाउँछु त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”