Ezekiel 25:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई भन् कि म सार्वभौम परमप्रभुले के भन्‍दै छु, त्‍यो तिनीहरूले सुनून्। मेरो मन्‍दिर अपवित्र भएको, इस्राएल देश ध्‍वस्‍त भएको र यहूदाका मानिसहरू कैदमा लगिएका देखेर तिमीहरूले आनन्‍द मनाएका थियौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वरको वचन सुन्‌। परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरो पवित्रस्‍थान अपवित्र तुल्‍याइँदा, इस्राएलको देश उजाड़ बनाउँदा र यहूदाका मानिसहरू निर्वासनमा लगिँदा, तिमीहरूले भन्‍यौ, “अहा!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई भन्, ‘प्रभु याहवेहको वचन सुन: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मेरो पवित्रस्थान अपवित्र पारिँदा, इस्राएल देश उजाड पारिँदा र यहूदाका मानिसहरू निर्वासनमा लगिँदा, तिमीहरूले “आह! आह!” भन्यौ,
Nepali ERV (पवित्र बाइबल)
अम्मोनका मानिसहरूसँग भन ‘परमप्रभु मेरो मालिकको वचन सुन! परमप्रभु मेरो मालिक भन्नु हुन्छ तिमीहरू खुशी थियौ जति बेला मेरो पवित्र स्थान नष्ट भयो। तिमीहरू इस्राएल देशको विरूद्ध थियौ जब त्यो दूषित भयो। तिमी यहूदाको परिवारको विरूद्ध थियौ जब तिनीहरूलाई बन्दी जस्तै कैदी बनाएका थिए।