Ezekiel 25:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी तिमीहरू रमाएका हुनाले म पूर्वको मरुभूमिका जातिहरूका हातमा तिमीहरूलाई सुम्‍पिदिनेछु। तिमीहरूका देशमा तिनीहरूले आफ्‍ना छाउनीहरू बसाल्‍नेछन् र बास गर्नेछन्। तिमीहरूको फल र दूध तिनीहरूले खानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण म तिमीहरूलाई पूर्वका मानिसहरूका अधीनमा सम्‍पत्तिझैँ सुम्‍पिदिनेछु। उनीहरूले तिमीहरूका बीचमा छाउनी हाल्‍नेछन्, र तिमीहरूकै बीचमा आफ्‍ना पालहरू गाड्‌नेछन्‌। उनीहरूले तिमीहरूका फलहरू खानेछन्‌ र तिमीहरूको दूध पिउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म तिमीहरूलाई अधिकारको रूपमा पूर्वका मानिसहरूलाई सुम्पिदिन लागेको छु। तिनीहरूले तिमीहरूका बीचमा तिनीहरूका छाउनी खडा गर्नेछन् र तिनीहरूका पालहरू टाँग्नेछन्; तिनीहरूले तिमीहरूका फलफूलहरू खानेछन् र तिमीहरूका वस्तुहरूका दूध पिउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण म तिमीहरूलाई पूर्वबाट आएका मानिसहरूलाई दिन्छु। तिनीहरूले तिमीहरूको भूमि लिनेछन्। तिनीहरूका सेनाहरूले तिमीहरूको देशमा डेरा हाल्नेछन्। उनीहरू तिमीहरूको बीचमा बस्नेछन्। उनीहरू तिमीहरूको फल खानेछन अनि तिमीहरूका दूध पिउनेछन्।