Ezekiel 25:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रब्‍बा सहरलाई म ऊँट राख्‍ने ठाउँ र सारा अम्‍मोन देशलाई भेडाको चरन बनाउनेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म रब्‍बा सहरलाई ऊँटहरूको खर्क र अम्‍मोनलाई भेड़ाको गोठ तुल्‍याइदिनेछु। तब तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म रब्बालाई ऊँटहरू राख्ने ठाउँ र अम्मोनलाई भेडाहरू बस्‍ने ठाउँको रूपमा परिणत गर्नेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
Nepali ERV (पवित्र बाइबल)
“‘म रब्बा शहरलाई ऊँटहरू चर्ने ठाँउ अनि अम्मोनको भूमिलाई भेडाहरूको खोर बनाइदिन्छु। त्यसबेला तिमीले जान्नेछौ म नै परमप्रभु हुँ।