Ezekiel 25:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुनाले तिमीहरूलाई म अरू जातिहरूका हातमा सुम्‍पिदिनेछु र तिनीहरूले तिमीहरूलाई लुट्‍नेछन्। म तिमीहरूको नाश गरेर नाम-निशानै मेटिदिनेछु र त्‍यसपछि तिमीहरूको आफ्‍नो देश रहनेछैन। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण म मेरो हात तिमीहरूका विरुद्धमा उठाउनेछु, र तिमीहरूलाई जाति-जातिहरूका हातमा लूटको मालझैँ सुम्‍पिदिनेछु। जाति-जातिहरूका बीचदेखि तिमीहरूको नाउँनिशानै मेटाइदिनेछु, र देश-देशदेखि तिमीहरूलाई निर्मूल पार्नेछु। म तिमीहरूलाई सर्वनाश गर्नेछु, र तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछौ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म मेरो हात तिमीहरूको विरुद्धमा उठाउनेछु, र तिमीहरूलाई जाति-जातिहरूकहाँ लुटको मालझैँ दिनेछु। म तिमीहरूलाई जाति-जातिहरूबाट अलग गरिदिनेछु, र देशहरूबाट तिमीहरूका नामनिशानै मेटिदिनेछु। म तिमीहरूलाई सर्वनाश गर्नेछु; अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।’ ”
Nepali ERV (पवित्र बाइबल)
यसकारण म तिमीलाई दण्ड दिन्छु। म जातिहरूलाई युद्धमा लुटिएको सामान झैं अन्य देशलाई दिनेछु। म तिमीहरूलाई जातिहरूको बीचबाट निकाल्नेछु तिमीहरू देशबाट लागिनेछौ। तिमीहरू टाढा देशमा मर्नेछौ। म तिमीहरूको देशलाई नष्ट पार्नेछु! त्यसपछि तिमीहरूले थाहा पाउँनेछौ म नै परमप्रभु हुँ।”‘