Ezekiel 26:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका घोडाका टापले उडाएका धुलै-धुलोले तँलाई ढाक्‍नेछ। तिनीहरूका घोडाले तानेका गाडा र रथहरूका आवाजले तिमीहरूका सहरको पर्खाल थर्किनेछ। ध्‍वस्‍त भएको सहरका मूल-ढोकाहरूबाट भएर ती घोडाहरू, गाडाहरू र रथहरू जाँदा उठेको आवाजले पर्खालहरू थर्किनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका घोड़ाहरू यति धेरै हुनेछन्, कि तिनीहरूले उड़ाएको धूलोले तँलाई ढाक्‍नेछ। कुनै एउटा सहरभित्र छिरिजानलाई मानिसहरूले पर्खाल भत्‍काउनेजस्‍तै जब त्‍यो तेरा ढोकाहरूभित्र पस्‍छ, तब युद्धका घोड़ाहरू, गाढ़ाहरू र रथहरूको आवाजले तेरो सहरका पर्खालहरू हल्‍लिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनीहरूका धुलोले तँलाई छोपिदिनेछ। पर्खाल भत्किएको सहरभित्र मानिसहरू पसेझैँ त्यो तेरा मूलढोकाहरूमा प्रवेश गर्दा लडाइँका घोडाहरू, गाडाहरू र रथहरूको आवाजले गर्दा तेरा पर्खालहरू हल्‍लिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसको घोडाहरूको संख्या यति ज्यादा हुनेछ कि तिनीहरूले उडाएको धूलोले तिमीलाई छोप्नेछ। जब बाबेलको राजा शहर द्वारबाट शहरमा प्रवेश गर्छन् तिम्रो पर्खालहरू घोडसवार सैनिकहरू, माल गाडीहरू अनि रथहरूको आवाजले हल्लिनेछन्। हो, त्यो तिम्रो शहरमा आउनेछ किनकि त्यसको पर्खाले भत्काइनेछ।